जन आकाश
काठमाडौं । इराकको बगदादमा अवस्थित अमेरिकी दूतावासमा ड्रोन र रकेटबाट आक्रमण भएको छ । समाचार एजेन्सीका अनुसार अमेरिकी दूतावासमा कयौं ड्रोन र रकेटबाट आक्रमण गरिएको हो ।
इराकको सुरक्षा स्रोतले एएफपीसँग पछिल्ला केही दिनदेखि भइरहेका आक्रमणमध्ये पछिल्लो आक्रमण सबैभन्दा भीषण आक्रमण भएको छ । आक्रमणभन्दा झण्डै छ घण्टा अघि दूतावासले इराकमा रहेका अमेरिकी नागरिकहरूका लागि सुरक्षा अलर्ट जारी गरेको थियो ।
सुरक्षा अलर्टमा भनिएको थियो, ‘इरानसँग जोडिएका आतंकवादी मिलिशियाले पटक–पटक मध्य बगदादको इन्टरनेशनल जोनमा आक्रमण गरिसकेका छन् ।’
।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend