logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

ग्रान्ड सेन्ट्रल होटलद्वारा रमादा बाइ विन्धम इटहरी पशुपति मार्ग सञ्चालनको घोषणा


  • जन आकाश
  • आइतबार, चैत्र ८ २०८२

काठमाडौं । नेपाल –२० मार्च २०२६ – नेपालमा होटल विकास तथा लगानीको क्षेत्रमा क्रियाशील अग्रणी कम्पनी ग्रान्ड सेन्ट्रल होटल प्राइभेट लिमिटेडले आजदेखि रमादा बाइ विन्धम इटहरी पशुपति मार्ग सञ्चालनमा आएको घोषणा गरेको छ।



योसँगै पूर्वी नेपालको द्रुत रूपमा विकास भइरहेको व्यापारिक केन्द्र इटहरीमा अन्तर्राष्ट्रिय स्तरको हस्पिटालिटी सेवा भित्रिएको छ। देश बन्धु बस्नेतको स्वामित्वमा रहेको यो होटल विन्धम होटल्स एण्ड रिसोर्ट्ससँगको सहकार्यमा विकास गरिएको हो।

पूर्वी नेपालमा अवस्थित इटहरी एक महत्वपूर्ण ट्रान्जिट तथा व्यापारिक गन्तव्यका रूपमा स्थापित हुँदै गइरहेको सन्दर्भमा यो होटललाई त्यस क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिको रूपमा हेरिएको छ। रमादा बाइ विन्धम इटहरी पशुपति मार्गमा ८१ वटा पूर्ण रूपमा सुसज्जित अतिथि कक्षहरू रहेका छन्, जसले व्यवसायिक तथा घुम्न आउने यात्रु दुवैका लागि आरामदायी र अत्याधुनिक सुविधा प्रदान गर्दछ। होटलमा दिनभर सञ्चालन हुने रेष्टुरेन्ट, बार तथा लाउञ्ज, हेल्थ क्लब, स्पा र आउटडोर स्विमिङ पुलको सुविधा उपलब्ध छ। बैठक, सम्मेलन तथा सामाजिक कार्यक्रमका लागि प्रशस्त स्थानसहितका ब्याङ्क्वेट हल र छुट्टै मिटिङ रुम पनि उपलब्ध छन्, जसले यस क्षेत्रमा बढिरहेका कर्पोरेट तथा सामाजिक कार्यक्रमहरूको माग पूरा गर्ने लक्ष्य राखेको छ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend