logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

अर्थविद् केशव आचार्यको ७२ वर्षमा निधन


  • जन आकाश
  • सोमबार, चैत्र ९ २०८२

काठमाडौं । अर्थविद् केशव आचार्यको ७२ वर्षको उमेरमा निधन भएको छ । अन्नपूर्ण न्यूरो हस्पिटलमा उपचारका क्रममा उनको आज बिहान ९ः५५ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । आचार्यलाई मस्तिष्कघात भएसँगै न्यूरो हस्पिटलमा भर्ना गरिएको थियो । उनको पार्थिव शरीरको भोलि मंगलबार मात्रै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । उनका एक श्रीमती, एक छोरा र एक छोरी छन् ।



नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकका रुपमा समेत जिम्मेवारी सम्हालेका अर्थशास्त्री आचार्यले पछिल्लो समय मुलुकको वित्तीय र समस्त आर्थिक सुशासनका लागि बहस तथा पैरवी गर्दै आएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend