logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै


  • जन आकाश
  • मंगलबार, चैत्र १० २०८२

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (मंगलबार) बस्दैछ । ललितपुरको सानेपामा रहेको केन्द्रीय कार्यालयमा दिउँसो १ बजे केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो ।कांग्रेस सभापति गगनकुमार थापा प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित हुने छन् ।



यसअघि गत शुक्रबारबाट सुरू भएको बैठकमा उनी अनुपस्थित थिए । आइतबार सम्पन्न बैठकले सभापति थापाले दिएको राजीनामा अस्वीकृत गरेको थियो । निर्वाचनमा पार्टीले बेहोरेको लज्जास्पद पराजयपछि दिएको राजीनामा अस्वीकृत भएपछि थापाले फेरि कार्यसमिति बैठक बोलाएका हुन् ।
बैठकमा निर्वाचनको समीक्षा र पार्टीको १५औं महाधिवेशनबारे छलफल हुने बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend