logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

मंगलबार सुन सस्तो, चाँदी महँगियो तोलामा १,६०० रुपैयाँ गिरावट


  • जन आकाश
  • मंगलबार, चैत्र १० २०८२

काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले घटेको हो ।



महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७३ हजार ९ सय रुपैयाँ तोकेको छ । यसअघि सोमबार सुन प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ३४ हजार ८ सय २५ रुपैयाँ कायम गरिएको छ ।

चाँदीको मूल्य भने बढ्यो
सुनको मूल्यमा गिरावट आए पनि चाँदीको मूल्यमा भने वृद्धि देखिएको छ । आज चाँदी प्रतितोला ८० रुपैयाँले बढेर ४ हजार ५ सय ५ रुपैयाँ पुगेको छ ।

सोमबार चाँदी प्रतितोला ४ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको थियो । १० ग्राम चाँदीको मूल्य भने आज ३ हजार ८ सय ६३ रुपैयाँ रहेको छ । अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा महासंघले नेपाली बजारमा दैनिक सुनचाँदीको मूल्य निर्धारण गर्दै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend