logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

सिप्रदीद्वारा ट्रक व्यवसायी महासंघको नयाँ नेतृत्वलाई सम्मान, सहकार्य सुदृढ गर्ने प्रतिबद्धता


  • जन आकाश
  • मंगलबार, चैत्र १० २०८२

काठमाडौं । सिप्रदी ट्रेडिङले नेपाल ट्रक यातायात व्यवसायी महासंघको आठौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई सम्मान गरेको छ।
सिप्रदीले सोमबार काठमाडौंमा एक कार्यक्रम गरी महासंघको नयाँ नेतृत्वलाई सम्मान गरेको हो। सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीइओ) राजनबाबु श्रेष्ठले महासंघसँगको सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे।



उनले विशेषगरी बीएस–६ मापदण्डले ल्याएका चुनौती सामना गर्न चालक तथा व्यवसायीलाई प्राविधिक तालिम र सचेतना आवश्यक रहेकोमा जोड दिए। गत पुस २७ गते भएको महासंघको आठौं महाधिवेशनबाट राजेन्द्र विक्रम बानियाँको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको थियो।

महासंघका अध्यक्ष बानियाँले यातायात व्यवसाय संरक्षणका लागि नीतिमा सुधार गर्नुपर्ने आवश्यकता औंल्याए। उनले भारतीय सवारी साधनको निर्वाध प्रवेशले नेपाली व्यवसायी मारमा परेको भन्दै नियमन गर्न सरकारको ध्यानाकर्षण गराए।

उनले बीएस–६ प्रविधिका सवारी साधनको प्रभावकारी प्रयोगका लागि निजी मेकानिक्सहरूलाई तालिम, देशभर स्तरीय वर्कसप विस्तार र सुलभ दरमा जेनुइन पार्ट्स उपलब्ध गराउन कम्पनीसँग आग्रह गरे।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend