logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

एनआइसी एशिया बैंकका ग्राहकलाई स्तुपा कम्युनिटी हस्पिटलमा १५ प्रतिशत छुट


  • जन आकाश
  • बुधबार, चैत्र ११ २०८२

काठमाडौं । एनआइसी एशिया बैंकका ग्राहकले स्तुपा कम्युनिटी हस्पिटलको सेवामा १५ प्रतिशत छुट पाउने भएका छन्। आफ्ना ग्राहकलाई छुट उपलब्ध गराउने सम्बन्धमा बैंकले अस्पतालसँग सम्झौता गरेको छ।



एनआई सी एशिया बैंक र स्तुपा स्वास्थ्य सेवा सहकारी संस्था (स्तुपा कम्युनिटी हस्पिटल) बीच बैंककाग्राहकमहानुभावहरु तथा स्तुपा स्वास्थ्य सेवाका शेयर होल्डरहरुलाई विभिन्न सेवाप्रदानगर्ने विषयमा समझदारी भएको छ।

सम्झौतापत्रमा बैंकका तर्फबाट सर्कल हेड–काठमाडौं नर्थ सुदिनकुमार लामा र हस्पिटलका तर्फबाट निर्देशक डा। पेम्बा लामाले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार बैंकका ग्राहकले स्तुपा कम्युनिटी हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवामा १५ प्रतिशत छुट पाउनेछन्।

यस्तै स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाका कर्मचारी र शेयर होल्डरले बैंकको क्रेडिट कार्डमा सुविधा प्राप्त गर्नेछन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend