logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

वीरगंज नाकाबाट एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात, अघिल्लो वर्षभन्दा बढ्यो


  • जन आकाश
  • बुधबार, चैत्र ११ २०८२

काठमाडौं । वीरगंज नाकाबाट चालु आर्थिक वर्षको प्रथम ८ महिनामा १ खर्ब २३ अर्ब ६७ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। वीरगंज भन्सार कार्यालयका अनुसार गत आवको सोही अवधिको तुलनामा चालु आवमा इन्धन आयात बढेको छ।



पेट्रोलियम पदार्थको आयातबाट ५२ अर्ब १५ करोड रुपैयाँ राजस्व संकलन भएको छ। त्यसैगरी, ६३ अर्ब ६५ करोड रुपैयाँ बराबरको ७ लाख २ हजार ३०० किलोलिटर डिजेल आयात भएको छ। सोही अवधिमा २५ अर्ब ३० करोड रुपैयाँ बराबरको २ लाख ९० हजार ३८२ किलोलिटर पेट्रोल २० अर्ब ८५ करोड रुपैयाँ बराबरको २० करोड २८ लाख २० हजार ९३२ किलोग्राम एलपी ग्यास आयात भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend