जन आकाश
काठामडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बिहीबार अपराह्न वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भएको छ। पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई संसदीय दलको नेता चयन गर्न बैठक डाकेको सहमहामन्त्री विपिन आचार्यले जानकारी दिए।
प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरूको शपथपछि बैठक हुने उनले बताए। प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले नेता शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको थियो।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend