logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

संसद्को एउटै बेञ्चमा कांग्रेस, एमाले र नेकपा


  • जन आकाश
  • बिहिबार, चैत्र १२ २०८२

काठमाडौं । गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ । पहिलो बैठकमा बिहीबार आज नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् ।



प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराएका हुन् । संघीय संसद् सचिवालयले दलको सिट संख्याका आधारमा दलहरूको बस्ने ठाउँ तय गरेको छ ।

जसअनुसार, नेपाली कांग्रेस,नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लाई एउटै लहरमा बस्नेगरी सिट मिलाइएको छ ।
यी तीनवटै दलका सांसदहरू एउटै लहरमा राखिएको सिटमा बसेर बिहीबार शपथ ग्रहण गरे

शपथलगत्तै प्रत्येक सांसदहरूले संघीय संसद् सचिवालयले एक एक वटा झोला पनि उपलब्ध गराएको छ । उक्त झोलामा संविधान, प्रतिनिधि सभा नियमावली, संयुक्त बैठक संचालन नियमावली राखिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend