logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

राम्रो काम गर्दागर्दै हामी माथि हमला भयो–अध्यक्ष ओली


  • जन आकाश
  • बिहिबार, चैत्र १२ २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नराम्रो कामबाट पछाडि परेका, पारिएका नभएको बताएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा नवनिर्वाचित सांसदहरूलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राम्रो कामका कारण पार्टीमाथि हमला भएको बताए।



‘हामी नराम्रो कामबाट पछाडि परेका, पारिएका होइनौं। राम्रो कामबाट हामी माथि हमला भयो। त्यसकारण हामी हतास हुनुपर्ने, हरेश खानुपर्ने, कुनै आवश्यकता छैन। मनोबल गिराउनुपर्ने कुनै आवश्यकता छैन। हामी उच्च मनोबलका साथ अगाडि बढ्दै जानुपर्छ। किनभने हामी सत्यको पक्षमा छौं। सत्यको मार्गमा छौं,’ उनले भने।

आजको दुनियाँ भनेको विश्वव्यवस्था नै नरहेको अवस्थामा भएको उनको तर्क थियो।‘संस्थाहरू छन्, इतिहासमा कहिलेभन्दा बढी निष्प्रभावी बनिरहेको स्थिति छ।

हाम्रा विश्वव्यापी साझा संस्थाहरू निष्प्रभावी बनिरहेका छन्। वर्ल्ड अर्डर शब्दकोशमा सीमित भयो। व्यवहारमा विश्वव्यवस्था अब रहेन। त्यसको प्रभाव विश्व राजनीतिमा अराजकता, न्यायप्रति कुनै सरोकार नहुने खालको, अन्यायपूर्णकुराहरू सामान्य र स्वभाविक लाग्ने अवस्था बनिराखेको छ,’ उनले भने। उनले एमालेविरूद्ध फैलाइएका भ्रम पार्टीवृत्तले चिर्न नसकेको, सामाजिक सञ्जालमा पार्टीको पक्षमा प्रचार गर्न नसकेको बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend