जन आकाश
काठमाडौं । कुमारी बैंक लिमिटेडले मास्टरकार्ड सेवा औपचारिक रूपमा सार्वजनिक गरेको छ। यसले डिजिटल सेवामा महत्वपूर्ण विस्तार हुने अपेक्षा बैंकको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले मास्टरकार्ड जस्ता विश्वव्यापी भुक्तानी समाधानले बैंकको सेवा क्षमतामा थप वृद्धि गर्ने बताएका छन्। कुमारी बैंकका प्रमुख डिजिटल बैंकिङ अधिकृत अनिश ताम्रकारले डेबिट मास्टरकार्डले भौतिक तथा डिजिटल दुवै माध्यमको उपयोग सरल र सुरक्षित हुने जानकारी दिए।
बैंकले जारी गरेको डेबिट मास्टरकार्ड नेपाल, भारत र भुटानका सबै मास्टरकार्ड स्वीकार गर्ने एटीएम र पीओएसमा प्रयोग हुने जनाइएको छ।
बैंकले मास्टरकार्डको क्रेडिट कार्ड सेवा पनि चाँडै सुरु गर्ने तयारी गरेको छ। मास्टरकार्डमार्फत अनलाइन तथा अन्तर्राष्ट्रिय भुक्तानीसमेत सहज हुने विश्वास बैंकको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend