logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

जेनजी आन्दोलनका बाँकी माग नयाँ सरकारले पूरा गर्छ,प्रधानमन्त्री कार्की


  • जन आकाश
  • शुक्रबार, चैत्र १३ २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागहरू नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन् । ६ महिने अवधि पाएको आफू नेतृत्वको सरकारले निर्वाचन सफलतापूर्वक पूरा गरेको बताउँदै उनले माग सम्बोधनका लागि आधारशीला भने तयार भएको बताएकी हुन् ।



‘छ महिने अवधि रहेको चुनावी सरकारले जेनजी आन्दोलनमा अभिव्यक्त सबै काम गर्न सक्ने अवस्था थिएन। तर हामीले केही आधारशिला अवश्य तयार गरेका छौँ।

जटिल अपराध र भ्रष्टाचारको छानबिन गर्ने निकायहरुलाई पूर्ण व्यावसायिक स्वतन्त्रताका साथ काम गर्न हामीले प्रेरित गर्‍यौँ,’ बिहीबार राति राष्ट्रको नाममा सम्बोधन गर्दै उनले भनिन्, ‘परिणामस्वरुप अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले लामो समयदेखि दबाइएका प्रकरणहरुमा मुद्दा अघि बढाएका छन्। ठेका लिएर काम नगर्ने, बिजुली बालेर बिल नतिर्ने जस्ता बेथितिविरुद्ध पनि सरकारले ऐतिहासिक रुपमा कठोर कदम चालेको छ ।’

उनले जेनजी आन्दोलनको जगमा बनेको सरकारले आन्दोलनकारीहरूसँग गत मंसिर २४ गते सम्झौता गरेको र उक्त सम्झौताका बाँकी काम प्राथमिकताका साथ नयाँ सरकारले अघि बढाउने विश्वास लिएको पनि बताएकी छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend