logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

एमाले प्रदर्शनमा पक्राउ परेका ६ जना रिहा, एक बैंकिङ कसुरका फरार अभियुक्त


  • जन आकाश
  • आइतबार, चैत्र १५ २०८२

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउविरुद्ध प्रदर्शनमा उत्रिएर पक्राउ परेका एकजना फरार प्रतिवादी रहेको पुष्टि भएको छ ।



शनिवार बबरमहलबाट पक्राउ परेका विमल धमला बैंकिङ कसुर मुद्दामा फरार रहेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए । उनी दुईवटा मुद्दामा फरार रहेको भेटिएको छ ।

उनलाई थुनामा राखेर अनुसन्धान गरिने एसपी भट्टराईले बताए । धमलाले बबरमहल स्थित एउटा निजी स्कोर्पियोमा तोडफोड गर्ने प्रयास गरेका थिए । प्रदर्शन स्थलबाट पक्राउ परेका अन्य ६ जना रिहा भएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend