जन आकाश
काठमाडौं । गृहमन्त्री सुधन गुरूङले मनसुन सुरू हुनुअघि नै विपद् व्यवस्थापन तयारी सुरू गर्नुपर्ने बताएका छन्।आज राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिइओ दिनेश भट्टसँग कुराकानी गर्दै उनले मनसुन अगाडि नै विपद् व्यवस्थापनमा तयारी रहन आग्रह गरेका हुन्।
कार्यकारी प्रमुख दिनेश भट्टले यो नियमित प्रक्रिया भएको बताएका थिए।यो नियमित प्रक्रिया हो, अन्य गृहमन्त्रीहरू ढिलो आउनुहुन्थ्यो तर अहिलेको गृहमन्त्री चाँडै आउनुभयो विपद व्यवस्थापनका लागि पनि हामीलाई सहज हुने भयो,’ उनले भने। गृहमन्त्री गुरूङले आफूसँग विपद जोखिम न्यूनीकरणका क्षेत्रमा पनि काम गरेको अनुभव रहेको बताएका थिए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend