logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

मन्त्रीहरूलाई छुट्टाछुट्टै बोलाएर प्रधानमन्त्री बालेन्द्रले भने,अलमल नगर्नू, अप्ठेरो परे मलाई भन्नू


  • जन आकाश
  • सोमबार, चैत्र १६ २०८२

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रीहरूसँग छुट्टाछुट्टै ब्रिफिङ लिएका छन्।आइतबार उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रीहरूलाई एक्लाएक्लै बोलाएर काम गर्दा परेको अप्ठेरोबारे जानकारी लिएका हुन्।एक मन्त्रीका अनुसार प्रधानमन्त्रीले काम गर्दा कुनै समस्या परेको भए सिधै आफूलाई भन्नु भनेका छन्।



‘प्रधानमन्त्रीले आज बोलाउनुभएको थियो, काम कस्तो भइरहेको छ भनेर सोध्नुभयो,’ ती मन्त्रीले नेपालखबरसँग भने, ‘केही अप्ठेरो परेको भए मलाई भन्नु। राम्रो काम गर्नु भनेर भन्नुभयो।’सय दिनमै परिणाम देखिनेगरी काम गर्नुपर्ने भएकोले अलमल नगरी फटाफट काम गर्न प्रधानमन्त्रीले मन्त्रीलाई भनेका छन्।

‘हामीले मन्त्रालय समालेको एक दिन भइसकेको छ, लगभग सरकारी कर्मचारीको सहयोगको विषयमा बुझ्न उहाँले सबै मन्त्रीलाई छुट्टा छुट्टै बोलाउनुभएको रहेछ,’ ती मन्त्रीले थपे, ‘के काममा अप्ठेरो छ, त्यसलाई म समाधान गर्छु तर, आफ्नो जिम्मेवारीमा पाएको कामलाई प्राथमिकता दिएर लाग्नू भनेर प्रधानमन्त्रीले भन्नुभयो।’ शुक्रबार प्रधानमन्त्री बालेनसँगै १५ जना मन्त्रीहरूले शपथ खाएका थिए। सोही दिन उनीहरूले पदबहाली गरेका थिए।

शुक्रबार नै प्रधानमन्त्री बालेनले सचिवहरूलाई मन्त्रीहरूलाई पूर्णरुपमा सहयोग गर्न निर्देशन दिएका थिए।सोही दिन बसेको मन्त्रिपरिषद् बैठकले सयवटा शासकीय सुधारको कार्यसूची पारित गरेको थियो।प्रधानमन्त्री बालेनले सबै मन्त्रीलाई कामको रफ्तार बढाउन निर्देशन दिएका हुन्।

कर्मचारी संयन्त्रबाट असहयोग नहोस् भनेर प्रधानमन्त्रीले मन्त्रीसँग दैनिकजसो विफ्रिङ लिने उनको सचिवालयका एक सदस्यले बताए।
आइतबार सबैजसो मन्त्रीले मन्त्रालयको अवस्था, कर्मचारीको अवस्था जानकारी लिइसकेका छन्। उनीहरूले सोमबारदेखि मन्त्रालयगत काम अघि बढाउन भएका छन्।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend