जन आकाश
काठमाडौं । नेकपा एमालेले आज पनि काठमाडौंको माइतीघर मण्डलमा सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ ।पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिक प्रतिसोधका आधारमा गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै एमालेले विरोध प्रदर्शनलाई निरन्तरता दिन लागेको हो ।
एमाले राजधानी प्रदेशको आयोजनामा आज दिउँसो १ बजे माइतीघरमा प्रदर्शन गरिने एमाले सचिव महेश बस्नेतले जानकारी दिए । उनले माइतीघरमा सहभागिताका लागि कार्यकर्तालाई अपिल गरेका छन् ।
उनले वर्तमान सरकार निरंकुश शैलीमा अघि बढिरहेको आरोप लगाएका छन् । एमालेले अध्यक्ष ओली पक्राउ परेको दिन शनिबारदेखि नै नियमित रुपमा प्रदर्शन गर्दै आएको छ । एमालेका नेता कार्यकर्तालाई देशका बिभिन्न जिल्लामा प्रर्दशन गरेपछि सबैलाई समातेको छ । केही रिहाई गरेको छ भने केही अझै थुनेको छ । बालेन्द्र शाहा (बालेन) प्रधानमन्त्री भएको केही समय नबित्दै पुर्वप्रधानमन्त्री केपी शर्मा वली प्रक्राउ गरेपछि नेताकार्यकर्ताहरुले पर्दशन गर्ने थालेका हुन गूहमन्त्री सुदन गुरुगले कसैलाई पनि नछोड्ने तरिकाले एक्सनमा आएका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend