logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सामुहिक बलात्कारपछि इनिशाको हत्या भएको सरकारी वकिल कार्यालयको निष्कर्ष, अभियोग,पत्र दायर


  • जन आकाश
  • सोमबार, चैत्र १६ २०८२

काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय सुर्खेतले इनिशा विकको सामुहिक बलात्कारपछि हत्या भएको भन्दै जिल्ला अदालत सुर्खेतमा अभियोग पत्र दायर गरेको छ।



चैत ११ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनाको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको थियो। सरकारी वकिल कार्यालयले उक्त प्रतिवेदनमाथि अध्ययन गरी पक्राउ परेका चारै जनाले सामुहिक बलात्कारपछि हत्या गरेको अभियोग पत्रमा उल्लेख छ। उनीहरूले पूर्वयोजना अनुरुप हत्या गरेको सरकारी वकिलको दाबी छ।

यसअघि प्रहरीले वकिल कार्यालयलाई बुझाएको प्रतिवेदनमा सामुहिक नभइ एकल करणीपछि मृत्यू भएको उल्लेख थियो। इनिशाका प्रेमी भन्ने १६ वर्षीय किशोरले जबरजस्ती करणी गर्दा संवेदनशील अङ्ग च्यातिएको र अत्यधिक रक्तश्राव हुँदा मृत्यु भएको निष्कर्षमा प्रहरी पुगेको थियो। प्रहरीले उनी विरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यान सम्बन्धी मुद्दा कसुरमा जन्मकैदको मागसहित आफ्नो अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको थियो। तर, सरकारी वकिल कार्यालयले सामुहिक करणीबाट मृत्यु भएको अभियोग पत्र अदालतमा दायर भएको छ।

वकिल कार्यालयले जवर्जस्ती करणी गरी ज्यान मारेको (कर्तव्य ज्यान) मुद्धा सम्बन्धमा सुर्खेत जिल्ला अदालत, बाल ईजलासमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम अभियोग पत्र दायर गरेको हो। गत फागुन २३ गते बिहान साढे ९ बजेको समयमा सुर्खेतको गुर्भाकोट नगरपालिका–६ बडाखोली घरभइ वीरेन्द्रनगर नगरपालिका–१ बस्ने १६ वर्षीय इनिशाको शव फेला परेको थियो।

सुर्खेतको वीरेन्द्रनगर–४ को जनजागरण सामुदायिक वनमा उनी मृत फेला परेकी थिइन्। इनिशा वीरेन्द्रनगर–६ मा रहेको उषा बाल वाटिका माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिइन। बिहान ६ बजे स्कुलमा प्रायोगात्मक परीक्षा दिन भनेर घरबाट निस्किएकी थिइन्।
इनिशा अचेत अवस्थामा रहेको भेटेपछि स्थानीय तथा प्रहरीले प्रदेश अस्पताल कालागाउँ सुर्खेत पु¥याएका थिए। त्यहाँ लगेको केही समयमा चिकित्सकले मृत घोषणा गरे। प्रहरीले बलात्कारपछि हत्या भएको आशंमा उनका प्रेमी १६ वर्षीया किशोरलाई सोही दिननै पव्रmाउ गरेको थियो।

आफन्तले इनिशालाई जवरजस्ती करणी गरेर हत्या गरिएको भन्दै प्रहरीमा प्रेमी भनिएको १६ वर्षीय एक किशोरसहित अन्य तीन जना नाबालक किशोरविरुद्ध जाहेरी दर्ता गरेका थिए। त्यसपछि प्रहरीले गत फागुन २४ गते थप तीन जनालाई नियन्त्रणमा लिइ अनुसन्धान थाल्यो।
शवको पोष्टमार्टका लागि भेरी अस्पताल बाँकेका फरेन्सिक विशेषज्ञ डा। अर्विन शाक्यको टोली प्रदेश अस्पताल सुर्खेतमा पुगेका थिए। उक्त पोस्टमार्टम रिपोर्टमा जबरजस्ती करणी गर्दा मृतकको संवेदनशील अङ्ग च्यातिएको र अत्यधिक रक्तश्राव हुँदा मृत्यु भएको उल्लेख भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले बताएको थियो।

जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) सुधिरराज शाहीले इनिशाको बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको पोस्टमार्टम रिपोर्टले देखाएको बताएका थिए। ‘बलात्कारपछि मृत्यु भएको हो भन्ने रिर्पोट आएको छ’, एसपी शाहीले नेपालखबरसँग भनेका थिए, ‘सामूहिक बलात्कार हो वा होइन भन्ने विषयमा थप अनुसन्धानका लागि प्रक्रिया अघि बढेको छ।’

प्रहरीले पीडित तथा पक्राउ परहेकाहरूको मोबाइल डिजिटल फरेन्सिक परीक्षण गरेको थियो। नेपाल प्रहरी प्रदेश कार्यालय, नेपालगञ्जबाट ‘पोलिग्राफ टेस्ट’ गर्ने टोली र ‘सिन एनालाइसिस’ गर्ने प्राविधिक टोली पनि खटिएको थियो। त्यस्तै अनुसन्धानलाई थप प्रभावकारी बनाउनका लागि जिल्ला प्रहरी कार्यालय, सुर्खेतले छुट्टै टोली गठन गरको थियो भने केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरो ९सीआईबी० बाट प्राविधिक निर्देशनसहितको अर्को टोली सुर्खेत पुगेर अनुसन्धन गरेको थियो।

यी सबैको अनुसन्धानले घटना भएको २० दिनपछि इनिशाको बलात्कारपछि हत्या भएको तर, सामुहिक नभएको निष्कर्षसहितको प्रतिवेदन प्रहरीले सरकारी वकिल कार्यालयमा पेस गरेको थियो। ‎मुख्य अभियुक्त भनिएका किशोरले बयानका क्रममा इनिशा बेहोस भएपछि अस्पताल लैजान अन्य तीन जनालाई सहयोगका लागि बोलाएको बयानमा भनेका छन्।

प्रहरीले अन्य तीन जनाविरुद्ध जबरजस्ती करणी नगरेको तर, ज्यान सम्बन्धी कसुरमा मुद्दा चलाउने गरी प्रतिवेदन तयार गरेको थियो। तर, वकिल कार्यालयले चारै जनाले जवर्जस्ती करणी गरी ज्यान मारेको (कर्तव्य ज्यान) मुद्धा सम्बन्धमा सुर्खेत जिल्ला अदालत, बाल ईजलासमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम अभियोग पत्र दायर गरेको जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend