logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

रास्वपा अनुशासन आयोगले भन्यो- प्रधानमन्त्री, मन्त्रीलाई बधाई दिन भीडभाड नगर्नू


  • जन आकाश
  • मंगलबार, चैत्र १७ २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय अनुशासन आयोगले मन्त्रालयमा अनावश्यक भीडभाड नगर्न पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई निर्देशन दिएको छ।



पार्टीको नेतृत्वमा एकल बहुमतको सरकार गठन भएपछि विभिन्न मन्त्रालयमा पुगेर नवनियुक्त प्रधानमन्त्री तथा मन्त्रीहरूलाई बधाई तथा शुभकामना दिने, खादा तथा फूलमाला लगाउने, फोटो खिच्ने तथा अनावश्यक भेटघाट गर्ने जस्ता गतिविधि बढेको भन्दै आयोगले ध्यानाकर्षण भएको जनाएको हो।

आयोगका अनुसार यस्ता गतिविधि पार्टी अनुशासनविपरीत मात्र नभई भड्किलो देखिने भएकाले यसलाई तत्काल रोक्न आवश्यक भएको ठहर गरिएको छ।

नागरिकलाई प्रभावकारी सेवा प्रवाह गर्नुपर्ने महत्वपूर्ण समयमा मन्त्रालयमा हुने अनावश्यक जमघट र भीडभाडले सरकारको कार्यसम्पादनमा ढिलाइ हुनसक्ने, कार्य प्राथमिकता तथा गुणस्तरमा असर पुग्न सक्ने र समग्र कार्य प्रणालीमै नकारात्मक प्रभाव पार्न सक्ने आयोगको भनाइ छ।

त्यसैले प्रधानमन्त्री तथा मन्त्रीहरूलाई बधाई तथा शुभकामना दिन मन्त्रालयमा अनावश्यक रूपमा भेटघाट, जमघट तथा भीडभाड नगर्न र नगराउन पार्टीका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई आयोगले कडाइका साथ निर्देशन दिएको छ।

आयोगले पार्टीबाहिरका शुभेच्छुकलाई समेत यस्ता गतिविधि सकेसम्म नगर्न अनुरोध गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend