logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

बालेनले गभर्नरलाई भने,डर नमानी काम गर्नुहोस्


  • जन आकाश
  • मंगलबार, चैत्र १७ २०८२

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा। विश्वनाथ पौडेलबीच हिजो ९सोमबार० साँझ करिब एक घण्टा लामो भेटवार्ता भएको छ।भेटमा समग्र आर्थिक अवस्था, सुधारका प्राथमिकता र आगामी रणनीतिबारे विस्तृत छलफल भएको थियो।स्रोतका अनुसार भेटका क्रममा प्रधानमन्त्री शाहले गभर्नर पौडेललाई कसैको प्रभाव वा दबाबमा नपरी स्वतन्त्र रूपमा काम गर्न निर्देशन दिएका छन्।



ऋण दुरुपयोग तथा सम्पत्ति शुद्धीकरणमा हुने गलत अभ्यासविरुद्ध कडा कारबाही गर्न नडराउन पनि उनले भनेका छन्।छोटो समयमा धेरै परिणाममुखी काम गर्नुपर्ने भएकाले समस्या कहाँ छन् र समाधान के हुन सक्छ भन्ने स्पष्ट बुझाइ बनाउन पनि प्रधानमन्त्री बालेनले गभर्नरलाई भनेका छन्।

प्रधानमन्त्रीले आर्थिक विकासलाई गति दिन गभर्नरबाट ठोस सुझाव अपेक्षा गरेको र नियुक्ति वा अन्य विषयमा चिन्ता नगरी निर्धक्क भएर काम गर्नसमेत भनेका छन्।

साथै, अमेरिका–इजरायल–इरानबीचको द्वन्द्वले नेपाली अर्थतन्त्रमा पार्न सक्ने असरबारे पनि अध्ययन गर्न निर्देशन दिएका छन्।जवाफमा गभर्नर पौडेलले सरकारको खर्च हुन नसक्ने समस्या हटाउन ठूला पूर्वाधार आयोजना मार्फत आर्थिक गतिविधि चलायमान बनाउन सकिने प्रधानमन्त्रीलाई बताएका छन्।

उनका अनुसार काठमाडौं–वीरगञ्ज रेलमार्ग निर्माण गरी भारतसँग जोड्ने सम्भावना रहेको छ भने काठमाडौं–पोखरा फास्टट्रयाक निर्माण पनि अघि बढाउन सकिनेछ। यस्ता परियोजनामा पहिलो वर्ष २०–३० अर्ब रूपैयाँसम्म खर्च गर्न सकिने उनको भनाइ छ।

त्यसैगरी, रेमिटेन्स र वित्तीय सूचकांकलाई आधार बनाएर सार्वजनिक वित्त सुधार गर्न नेपाल राष्ट्र बैंकले सहयोग गर्न सक्ने उनले बताए। २–३ वर्षभित्र ठूला परियोजना सम्पन्न गर्न सकिएमा आर्थिक नतिजा दिन सकिने विश्वास समेत उनले व्यक्त गरे।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend