जन आकाश
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले जारी गरेको शासकीय सुधारका १०० कार्यसूची अनुसार काम हुने हो भने अबको १०० दिनभित्र पासपोर्ट, नागरिकता प्रतिलिपि, लाइसेन्स लगायतका सरकारी कागजात घर–घरै डेलिभरी हुनेछ।
जनताले यस्ता सरकारी कागजातका लागि सुरूमा आवेदन दिँदा पनि लाइन र पछि बुझ्दा पनि लाइन लाग्नुपर्ने झन्झट अन्त्य हुनेछ।
कार्यसूचीको २७औं बुँदामाहुलाक सेवालाई आधुनिकीकरण गरी सरकारी सेवाहरू छिटो, सहज र बिचौलियामुक्त बनाउँदै १०० दिनभित्र घर–घरमै पुर्याउने व्यवस्था लागू गर्नेु भनिएको छ।
यो व्यवस्था कसरी कार्यान्वयन हुन्छ तरु सय दिनभित्र लागू गर्ने भनिएको कार्यसूचीको यो बुँदा कार्यान्वयन गर्न सरकारबाट कस्तो तयारी भइरहेको छ ।
कार्यसूचीमा नागरिकताको प्रतिलिपि तथा राहदानी सेवा जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट प्राप्त गर्न सकिने व्यवस्था तत्काल लागू गर्ने पनि भनिएको छ। नागरिकता र पासपोर्टका लागि आवश्यक सिफारिस वडाबाट डिजिटल रूपमा पठाउन सकिने व्यवस्था पनि लागू गरिने कार्यसूचीमा उल्लेख छ।
गृह मन्त्रालय के भन्छ
सरकारी कागजात घर–घर पुर्याउन हुलाक सेवा विभागलाई आधुनिकीकरण गरी सरकारी कुरिअर सर्भिसका रूपमा विकास गर्ने योजना रहेको छ ।
जिल्ला प्रशासन लगायत सम्बन्धित सरकारी कार्यालयहरूले नागरिकताको प्रतिलिपि, पासपोर्ट, लाइसेन्स लगायत कागजपत्र तयार पारेपछि त्यसलाई हुलाक सेवामार्फत घर–घरै डेलिभरी गराइने छ।
यसका लागि हुलाक सेवाको आवश्यक स्रोत–साधन, संरचना र सुधारबारे तयारी भइरहेको छ ।त्यस्तै, सरकारी कागजात एक जिल्लाबाट अर्कोमा उपलब्ध गराउने व्यवस्था कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा पनि मन्त्रालयमा छलफल भइरहेको छ ।
महत्त्वपूर्ण कागजातहरू फरक–फरक जिल्लाबाट दिन कति सम्भव छ, त्यसलाई कुरिअरमार्फत् घर–घर डेलिभरी दिन सुरक्षित हुन्छ कि हुँदैन भन्ने विषयमा हामीले छलफल सुरू गरेका छौं,गृह मन्त्रालयका प्रवक्ता काफ्लेले जानकारी दिए ।
हुलाक सेवाको तयारी के छ
हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले पनि आफ्नो सेवा आधुनिकीकरणका लागि गृहकार्य भइरहेको बताएकी छन्।
उनका अनुसार यो हुलाक सेवाको निम्ति नयाँ जिम्मेवारी होइन।
हुलाक सेवाले अहिले नै राहदानी विभागसँग सम्झौता गरी काठमाडौंमा बनेका पासपोर्ट ३३ जिल्लामा पुर्याउने काम गरिरहेको उनले जानकारी दिइन्।
अहिले निश्चित जिल्लामा मात्र सेवा दिइएको छ। अहिलेको कार्यसूची अनुसार सेवा विस्तार गर्नुपर्नेछ। पासपोर्ट लगायत विभिन्न सरकारी कागजपत्रहरू पठाउने भएपछि त्यसै अनुसार तयारी भइरहेको छ
स्थानीय तहसम्म फैलिएको हुलाक सेवा यो काम गर्न सक्षम भए पनि स्रोत(साधानको) अभाव रहेको छ ।स्रोत(साधन) बढाएर हाम्रो सेवालाई छिटो(छरितो कसरी बनाउने भन्ने विषयमा केही दिनदेखि काम भइरहेको छ,उनले भनिन्, आन्तरिक तयारीसँगै राहदानी विभाग र जिल्ला प्रशासन कार्यालयहरूसँग समन्वय गरेर घर–घरमा डेलिभरी सेवा कसरी दिन सकिन्छ भन्नेबारे थप छलफल हुदैछ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend