logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

बचत फिर्ताका लागि सहकारी पीडितसँग मन्त्री रावलले सुरु गरिन् संवाद


  • जन आकाश
  • बिहिबार, चैत्र १९ २०८२

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी संस्थाबाट ठगिएका पीडितहरूसँग प्रत्यक्ष छलफल सुरु गरेकी छन् सरकारले आगामी सय दिनभित्र साना सहकारी बचतकर्ताहरूको डुबेको रकम फिर्ता गराउने लक्ष्य राखेको छ । सोही लक्ष्यलाई कार्यान्वयनमा ल्याउन र पीडितका वास्तविक समस्या सुन्न मन्त्री रावलले संवादको थालनी गरेको जनाइएको छ ।



मन्त्रालयमा आयोजित छलफलमा ‘पीडित बचतकर्ता अभियान राष्ट्रिय महासङ्घ’ का प्रतिनिधिहरूको सहभागिता रहेको थियो । छलफलका क्रममा महासङ्घका प्रतिनिधिहरूले सहकारी सञ्चालकहरूबाट भएको ठगी, न्याय प्राप्तिका लागि आफूहरूले गरिरहेको सङ्घर्ष र रकम फिर्ताको सुनिश्चितताका विषयमा मन्त्री रावलको ध्यानाकर्षण गराएका थिए।

जवाफमा मन्त्री रावलले सहकारी समस्या समाधान गर्न सरकार गम्भीर रूपमा लागिपरेको बताएकी छन् । उनले साना बचतकर्ताको पसिनाको कमाइ जसरी पनि फिर्ता गराउने सरकारको सय दिने कार्ययोजना सफल बनाउन मन्त्रालयले तदारुकताका साथ काम गरिरहेको जानकारी दिएकी हुन

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend