logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

पूर्वप्रधानमन्त्री ओलीलाई पिसाबको संक्रमण, सारियो पत्थरीको शल्यक्रिया


  • जन आकाश
  • बिहिबार, चैत्र १९ २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पिसाबको संक्रमण देखिएको छ। जसले गर्दा पत्थरीको शल्यक्रिया पनि केही दिन पछि सरेको छ।



काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री ओलीको बिहीबार युरिन टेस्ट रिपोर्ट आएको छ। रिपोर्टमा पिसाबको संक्रमण देखिएको अस्पतालले जनाएको छ। अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले पिसाबमा संक्रमण देखिएकाले उपचार भइरहेको जानकारी दिए।

यसअघि नै ओलीको पित्तथैलीमा २२ एमएमको पत्थरी देखिएको थियो। उनको पत्थरीको शल्यक्रिया गर्ने तयारी गरिएको थियो। तर पिसाबको संक्रमण देखिएपछि केही समय पछि सारिएको छ।

पिसाब संक्रमण ठिक भएपछि पत्थरीको शल्यक्रिया गर्ने तयारी गरिने सूचना अधिकारी रोस्याराले बताए। ‘पित्तथैलीमा देखिएको पत्थरीको शल्यक्रिया गर्ने निर्णय भएको छ। तर उहाँमा अहिले पिसाबको संक्रमण देखिएकाले संक्रमण निको भएपछि मात्र गर्ने भनेर छलफल भइरहेको जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend