जन आकाश
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले अब संख्याकै बलमा प्रतिशोध र अत्याचार नहुने बताएका छन् । प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्ने क्रममा उनले आस्थाकै आधारमा अब कसैलाई पनि फरक व्यवहार नहुने बताए ।
‘हिजो आफ्नालाई बचाउन र विपक्षीलाई फसाउन कानुन नै संशोधन गरिएको छ । र अध्यादेश पनि ल्याइएको छ,’ लामिछानेले भने, ‘त्यस्ता गलत क्रियाकलाप यथाशिघ्र सच्याइनेछ । प्रतिपक्षीमाथि अहंकार र प्रतिशोधको त्यो अध्याय अब दोहोरिने छैन । आस्थाका आधारमा फरक व्यवहार अब दोहोरिने छैन ।’
साथै, अन्यायपूर्वक विधि नै मिचेर कसैको माइक नकाटिने बताए ।अब अन्यायपूर्वक विधि नै मिचेर सुन्न मन लागेका कुरा नसुनौं भनेर कसैको माइक काटिने छैन । संसदीय समितिमा संख्याकै बलमा प्रतिशोध र अत्याचार हुने छैन,’ लामिछानेको प्रतिबद्धता छ ।
तर, यी सबै काम अघि बढाउँदै गर्दा सुशासनको वेग भने नरोकिने उनको भनाइ छ । ‘तर सुशासनको वेग भने रोकिने छैन । न्याय माग्ने पहिलो हक शहीदकी आमाको हो । यसलाई प्रतिशोध भन्न पाइने छैन,’ लामिछानेले भने ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend