जन आकाश
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थप दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।जिल्ला अदालत काठमाडौंमा न्यायाधीश पुरुषोत्तम खतिवडा क्षेत्रीको इजलासले ओलीलाई बिहीबारबाट लागू हुने गरी थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको हो।
जेनजी आन्दोलन जाँचबुझ आयोगको सिफारिसमा ओली नयाँ सरकार गठनको भोलिपल्ट बिहानै पक्राउ परेका थिए। अदालतले यसअघि ओलीलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो। ओली पक्राउ परेदेखि नै हिरासतको साटो अस्पतालमा छन्।
लेखकलाई भने न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए। लेखक पनि चैत १४ गते नै पक्राउ परेका थिए। उनलाई पनि अदालतले यसअघि ५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend