logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

सभामुख पदमा डीपी अर्यालको उम्मेदवारी दर्ता


  • जन आकाश
  • शुक्रबार, चैत्र २० २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापतिसमेत रहेका प्रतिनिधि सभा सदस्य डोलप्रसाद (डीपी) अर्यालले सभामुख पदका लागि शुक्रबार उम्मेदवारी दर्ता गराएका छन्।



सभामुख पदका लागि यही चैत २२ गते निर्वाचन हुँदै छ। बिहीबार रास्वपा संसदीय दलको बैठकमा सभापति रवि लामिछानेले सभामुख पदका लागि अर्यालको नाम प्रस्ताव गरेका थिए भने त्यो सर्वसम्मत रूपमा अनुमोदन भएको थियो।अर्याल गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ९ बाट निर्वाचित सांसद हुन्।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend