logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

धनुषाबाट घुससहित सशस्त्र प्रहरीका इन्सपेक्टर पक्राउ


  • जन आकाश
  • शुक्रबार, चैत्र २० २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको कार्यालयले घुसको रकमसहित सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षकलाई पक्राउ गरेको छ । आयोगले स्टिङ अपरेशन गरी प्रहरी निरीक्षक ओकिल अधिकारी पक्राउ परेका हुन् ।



पूर्व–पश्चिम राजमार्गमा रहेको धनुषाको लालगढबाट पक्राउ परेको आयोग बर्दिबासका सूचना अधिकारी प्रकाश पोखरेलले जानकारी दिए
अधिकारी पोखरेलका अनुसार कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्यमा प्रयोग हुने सवारी साधनहरू रोक्ने, अनावश्यक अवरोध सिर्जना गर्ने र घुस माग्ने गरेको उजुरीको आधारमा अख्तियारको टोलीले निगरानी गर्दै आएको थियो ।

सोही क्रममा उनलाई ४० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको छ । निरीक्षक अधकारीलाई नियन्त्रण लिइ उनीमाथि थप अनुसन्धान भइरहेको अधिकारी पोखरेलले  बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend