logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

सुर्खेतमा सार्वजनिक यातायात बन्द, सयौँ यात्रुहरू अलपत्र


  • जन आकाश
  • शुक्रबार, चैत्र २० २०८२

काठमाडौं । सुर्खेतमा शुक्रबार बिहानैदेखि सार्वजनिक यातायातका साधनहरू बन्द गरिएको छ । यातायात व्यवसायीहरूले वीरेन्द्रनगरस्थित बसपार्कबाट छुट्ने सवारी साधनहरू बन्द गर्ने निर्णय गरेका हुन् । जसका कारण सयौँ यात्रुहरू बसपार्कमा अलपत्र परेका छन् ।



यातायात व्यवसायीहरूले सार्वजनिक सवारीका मजदुरमाथि प्रहरीले धरपकड गरेको आरोप लगाएका छन् । साथै, निजी प्रयोजनका लागि दर्ता भएका रातो प्लेटका सवारीहरूलाई खुला छाडिएको पनि उनीहरूको भनाइ छ ।

सार्वजनिक सवारीमाथि मात्र दबाब सिर्जना गर्नु अन्यायपूर्ण भएको उनीहरुले बताएका छन् । तर जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले यात्रुहरूलाई अनावश्यक तानातान गर्ने, दुख दिनेहरूलाई नियन्त्रणमा लिएको बताए ।

‘उहाँहरूले सर्वसाधारण यात्रुहरूमाथि अनावश्यक दुख दिने, तानातान गर्ने गरेका कारण हामीले कारबाही गरेको हो,’ उनले भने, ‘यातायात बन्दको विषयमा के हो हामी छलफल गर्छौँ ।’

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend