logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

पोखरामा अफलाइन पठाओ र इनड्राइभबाट यात्रु ठग्ने १० जना पक्राउ


  • जन आकाश
  • शुक्रबार, चैत्र २० २०८२

काठमाडौं । पर्यटकीय राजधानी पोखरामा मोबाइल एप पठाओ र इनड्राइभ मार्फत अफलाइनबाट यात्रु ठगी गरेको आरोपमा १० जना पक्राउ परेका छन् जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त टोलीले पोखराका विभिन्न ठाउँबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।



एपमा आबद्ध भएर वा नभई मनलाग्दी भाडा असुली गर्ने, यात्रुलाई अनावश्यक दुःख र हैरानी दिने गरेको जनगुनासो र सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो । पक्राउ पर्नेमा स्याङ्जाका श्याम काफ्ले, रेश्मा काफ्ले, कृष्णकुमार गहतराज र आकाश विक छन् ।

त्यस्तै, तनहुँका अब्जल मिया, कास्कीका सूर्यबहादुर नेपाली, काठमाडौँका बिक्की लामा, म्याग्दीका अनिल पाइजा र गोरखाका नबिल आलेलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उनी सबैलाई थप अनुसन्धानका लागि वडा प्रहरी कार्यालय बैदाममा राखिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend