logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कुमारी बैंकले मनायो २५औं वार्षिकोत्सव


  • जन आकाश
  • शुक्रबार, चैत्र २० २०८२

काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न कार्यक्रमहरु आयोजना गरेर आफ्नो २५औं वार्षिकोत्सव मनाएको छ।यस वार्षिकोत्सवको अवसरमा कुमारी बैंकले आफ्ना सम्पूर्ण ग्राहक, सेयरधनी, नियामक निकाय तथा शुभचिन्तकहरूलाई कृतज्ञता ज्ञापन गर्दै आफ्नो सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्ण ग्राहकहरूको सहयोग तथा विश्वासप्रति आभार व्यक्त गरेको छ।



कुमारी बैंक देशकै अग्रणी बैंक बन्ने आफ्नो परिकल्पना तथा योजना अनुरुप आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा तथा वित्तीय सुविधाहरू प्रवाह गर्नका लागि प्रतिबद्ध छ। कुमारी बैंकको २५औं वार्षिकोत्सवको अवसरमा बिहीबार काठमाडौं, ललितपुर, भक्तपुर लगायत उपत्यका बाहिरका सम्पूर्ण प्रदेशहरुमा रक्तदान कार्यक्रम आयोजना गरेको छ।

यसले स्थानीय स्तरमा रक्त बैंकका आवश्यकता तथा जीवन बचाउने अभियानमा महत्वपूर्ण योगदान गर्ने लक्ष्य रहेको छ।वार्षिकोत्सवकै अवसरमा बैंकले परम्परा र सांस्कृतिक सम्पदाको महत्वलाई उजागर गर्न परम्परागत भेषभुषाु पहिरन गरि वार्षिक उत्सव सम्पन्न गरेको छ।

यस कार्यक्रमले कर्मचारीहरूलाई आफ्नो जातीय पृष्ठभूमि प्रतिनिधित्व गर्ने पोशाक मार्फत सांस्कृतिक पहिचान गर्न मद्दत पुऱ्याएको छ।विविध सांस्कृतिक परम्परालाई अंगाल्दै बैंकले आफ्नो कार्यशक्तिमा समावेशीता र सम्मानलाई बढावा दिएको छ।यस पहल मार्फत, बैंकले सबैका लागि सधैका लागिु भन्ने मूल उद्देश्यभित्र रहि आन्तरिक आबद्धताको भावनालाई बढावा दिन, कर्पोरेट संस्कृति र सामुदायिक कार्यलाई निरन्तरता दिएको छ।

यसका साथै बैंकले अफ्ना सम्पूर्ण शाखाहरू मार्फत संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरु देशै भरी वर्षै भरी गर्न समुदायका लागि कुमारी बैंकु कार्यक्रमको थालनी गरेको बताएको छ।यस कार्यक्रम मार्फत समुदायका गरिब, विपन्न तथा पिछडिएका वर्गहरूको जीवनस्तर सहज बनाउन बैंकले आफ्ना सम्पूर्ण शाखाहरूबाट निरन्तर प्रयास गर्ने बैंकले जनाएको छ।

साथै, बैंकले आफ्नो रजत जयन्तीको अवसरमा सिल्भर सेभिङ बचत खाता पनि सार्वजनिक गरिसकेको छ जसमा ग्राहकहरूले बचत खातामै मुद्दती खाताको जस्तो ब्याजदर पाउनेछन्।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend