logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

३६ वर्षसम्म हत्कडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ– गृहमन्त्री गुरूङ


  • जन आकाश
  • आइतबार, चैत्र २२ २०८२

काठमाडौं । गृहमन्त्री बनेयता आक्रामक अभियान थालेका सुधन गुरूङले ३६ वर्षसम्म हत्कडी सुरक्षाकर्मीको हातमा लगाइएको टिप्पणी गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत गृहमन्त्री गुरूङले प्रहरी प्रशासनलाई दलीय छायामा राखिएको, निर्बाध काम गर्न नदिएको आसय प्रकट गरेका हुन्।



‘३६ वर्षसम्म हत्कडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।गृहमन्त्री बनेयता उनले कानुनी कारबाहीलाई तीव्रता दिएका छन्। गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयनसँगै प्रहरी प्रशासनले काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा गुण्डागर्दीमा संलग्नमाथि निगरानी र नियन्त्रण सुरू गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend