logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

लुम्बिनी प्रदेशको प्रशासनिक केन्द्र निर्माण सम्पन्न


  • जन आकाश
  • आइतबार, चैत्र २२ २०८२

काठमाडौ । लुम्बिनी प्रदेशको राजधानी दाङमा प्रदेश सरकारको प्रशासकीय भवन निर्माण सम्पन्न भएको छ । मुख्यमन्त्री कार्यालयसहित मन्त्रालयहरू रहने प्रशासनिक केन्द्रको निर्माण कार्य सम्पन्न भएको हो ।



नयाँ वर्षदेखि नयाँ भवनबाट सेवा सञ्चालन गर्ने प्रदेश सरकारको योजना छ । राप्ती गाउँपालिका–३ स्थित राप्ती प्राविधिक शिक्षालय परिसरमा निर्माण गरिएको प्रशासनिक केन्द्र प्रदेश सरकारको महत्त्वाकाङ्क्षी आयोजनामध्ये एक हो ।

काठमाडौँस्थित शर्मा–सगुन जेभीसँग प्रशासनिक केन्द्र निर्माणको ठेक्का सम्झौता गरिएको थियो । सम्झौता अनुसार २०८२ साल पुस १७ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने भए पनि निर्धारित समयभित्र काम नसकिएपछि फागुन मसान्तसम्म म्याद थप गरिएको थियो ।

सोही अवधिमा निर्माण कम्पनीले सबै संरचना निर्माण पूरा गरेको प्रदेश राजधानी कार्यान्वयन एकाइका इन्जिनियर प्रदीप भट्टराईले  जानकारी दिए । ‘निर्माण व्यवसायीले निर्माणको काम सम्पन्न गरेको अवस्था छ,’ उनले भने, ‘अहिले हामी अन्तिम बिल चेकजाँच गरेर भुक्तानी दिने तयारीमा छौँ ।’

केही छुटपुट भएमा एक वर्षभित्र सम्झौता अनुसार नै निर्माण व्यवसायीले मर्मत गर्ने उल्लेख गर्दै भट्टराईले पार्कमा दुवै लगाउने जस्ता अति सामान्य काम बाँकी रहेको खुलाए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend