जन आकाश
काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम सञ्चालन गर्दैछ । आयोगको यही चैत १८ गतेको बैठकले उक्त कार्यक्रम पुन बस्न थाल्ने निर्णय गरेको हो।
राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन्।आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार राष्ट्रिय परिचयपत्र नबनाएकाले आयोगको ‘प्रि–इन्रोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फाराम भरी फोटो तथा औँठाछापसहितको जैविक विवरण प्रविष्ट गर्नुपर्ने छ । प्रदेश र जिल्ला निर्वाचन कार्यालयबाट नाम दर्ता गर्न सकिने छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend