logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पनि पक्राउ


  • जन आकाश
  • आइतबार, चैत्र २२ २०८२

काठमाडौं । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पनि पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ गरिएको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरका अनुसार, उनलाई बयानका लागि नियन्त्रणमा लिइएको हो ।



‘बयानका लागि बोलाएका थियौं । उहाँ यहाँ आउनुभएको छ,’ ठाकुरले भने । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अग्रवालविद्ध अनुसन्धान भइरहेको छ । सोही अनुसार, उनलाई शुक्रबार राति नै पक्राउ गरिएको प्रहरीले जनाएको छ । अग्रवाल २०७६ सालमा पनि ज्वरो नाप्ने थर्मल गन महँगो मूल्यमा बेच्न खोजेको आरोपमा पक्राउ परेका थिए । उनलाई पछि विभागले तारेखमा छाडेको थियो

यसअघि शुक्रबार नै शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पनि पक्राउ परेका थिए । व्यापारी दीपक भट्ट पक्राउ परेसँगै सम्पत्ति शुद्धीकरण विभागले उनीसँग जोडिएका अन्य व्यक्तिमाथि पनि अनुसन्धान अघि बढाएको हो ।

शंकर ग्रुप नेपालको एक अग्रणी व्यावसायिक घरानाका रूपमा चिनिन्छ । यसको मुख्य कम्पनी जगदम्बा स्टिल हो । यो समूहले नेपालमा स्टिलसँगै, सिमेन्ट, जलविद्युत्, उपभोक्ता वस्तु लगायत क्षेत्रमा लगानी गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend