जन आकाश
काठमाडौं । नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल (डिपी) ले शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्याललाई शपथ खुवाएका हुन्।
अर्याल आजै प्रतिनिधि सभा बैठकमा निर्विरोध रूपमा सभामुख चयन भएका थिए। उनी रास्वपा उपसभापति र काठमाडौं ९ बाट निर्वाचित सांसद हुन्।सभामुख भएपछि उनले रास्वपा छाड्नुपर्ने हुन्छ। सभामुख पद निष्पक्ष भएकोले दलको सदस्यबाट अलग रहने प्रचलन छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend