logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सेयर बजार ‘प्यानिक’ भएपछि ब्रोकरले गुहारे सरकार, लगानीकर्ताको मनोबल बढाउन ५ बुँदे सुझाव


  • जन आकाश
  • सोमबार, चैत्र २३ २०८२

काठमाडौं । नयाँ सरकार गठनपछि एक सातामै सेयर बजारमा २७४ अंकको पहिरो गएपछि ब्रोकरहरुले सरकारलाई गुहारेका छन्। स्टक ब्रोकर्स एसोसियसन अफ नेपालले सोमबार बिहान सिंहदरबार पुगेर अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई बजारमा सुधारको कदम चाल्न आग्रह गरेको छ।



सरकारले सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि केही व्यवसायीलाई नियन्त्रणमा लिएपछि बजार निरन्तर ओरालो लागिरहेको छ।स्टक ब्रोकर्स एसोसियसनले लगानीकर्ता त्रसित हुँदा बजार घटेको भन्दै सरकारलाई ५ बुँदे सुझाव दिएको छ। सरकारले लगानीकर्ताको मनोबल बढाउने कदम चाल्न ढिलाइ गर्न नहुने भन्दै ब्रोकरहरुले ५ बुँदे सुझाव दिएका हुन्।

पुँजीबजार सुधार कार्यदलले दिएका कार्यन्वयन हुन बाँकी सुझाव तत्काल कार्यन्वयनका लागि एसोसिएसनले माग गरेको छ। सेबोनका कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा तत्कालीन अर्थमन्त्री रामेश्वर खनालले गठन गरेको कार्यदलले पुँजीबजारमा सुधारका लागि दिएका सुझावमध्ये अधिकांश कार्यान्वयन गरिएको छैन। सेबोनले सुझाव कार्यान्वयनका लागि कार्ययोजना भने बनाइसकेको छ।

ब्रोकरहरुले बैंक तथा वित्तीय संस्थालाई सेयर किनबेचका लागि सहज व्यवस्था गर्न आग्रह गरेका छन्बैंक तथा वित्तीय संस्थाहरुलाई सहज रुपमा पुँजीबजार प्रवेश र बाहिरिन सक्ने व्यवस्था अविलम्ब लागू गरिनु पर्ने,’ एसोसिएसनले अर्थमन्त्री वाग्लेलाई बुझाएको पत्रमा भनिएको छ। हाल खरिद गरेको सेयर ६ महिनाको अवधि पश्चात मात्रै विक्री गर्न व्यवस्था छ।

गैर आवासीय नेपाली नगरिकलाई पनि दोस्रो बजारमा सहज रुपमा सेयर कारोबार गर्ने व्यवस्था तत्काल गरिनुपर्ने एसोसिएसनको माग छ।
सरकारले यसअघि गैरआवासीय नेपालीलाई दोस्रो बजारमा भित्र्याउने घोषणा गरे पनि त्यो अहिलेसम्मै घोषणामै सीमित छ। बजेटमार्फत पुँजीगत लाभकरलाई अन्तिम कर हो भनी प्रष्ट पार्न पनि ब्रोकरहरुले माग गरेका छन्।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend