logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

निर्माण र आपूर्तिकर्ता आठ कम्पनी कालोसूचीमा, एकदेखि तीन वर्षका लागि कार्बाही


  • जन आकाश
  • सोमबार, चैत्र २३ २०८२

काठमाडौं । ठेक्का सम्झौताका सर्तअनुसार काम नगर्दा सम्बद्ध निकायबाट कार्वाही सिफारिसमा परेका निर्माण र आपूर्ति क्षेत्रका आठ कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ। एकदेखि तीन वर्षसम्मका लागि सार्वजनिक खरिदमा सहभागिता जनाउन नपाउनेगरी कालोसूचीमा राखेको हो।



तीन वर्षका लागि कालोसूचीमा पर्नेमा दुई कम्पनी छन्। काठमाडौंको बानेश्वरमा कार्यालय रहेको धुलिखेल निर्माण सेवा र नक्सालको सिल्क मार्केट प्रालि तीन वर्षको कार्बाहीमा परेका हुन्। युवराज पोखरेल मुख्य व्यक्ति रहेको धुलिखेल निर्माण सेवालाई कार्बाही सिफारिस सर्लाहीको बागमती नगरपालिकाले गरेको हो । सिल्क मार्केटलाई कृषि सामाग्री संस्थान काठमाडौंले कार्बाही सिफारिस गरेको सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा सोमबार जारी सूचनामा छ।

यस्तै जलेश्वरको ब्रदर कन्स्ट्रक्सन डेढ वर्षका लागि कालोसूचीमा परेको छ। यो कम्पनीका मुख्य व्यक्ति आदित्य साह छन्। यो कम्पनीलाई सडक डिभिजन जनकपुरले कार्बाही सिफारिस गरेको हो। एक वर्षका लागि कार्बाहीमा पर्नेमा रोल्पाको लोक निर्माण सेवा, गोरखाको देवु निर्माण सेवा, चितवनको अर्भान कन्स्ट्रक्सन, काठमाडौं १७ को दीप छापाखाना र रुपन्देहीको हिमशिखा कन्स्ट्रक्सन छन्। दीपशिखा छापाखानालाई कार्बाही गर्न राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयले लेखिपठाएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend