logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

प्रतिकूल मौसम र किराको प्रकोपले मधेसमा गहुँ उत्पादन घट्यो


  • जन आकाश
  • सोमबार, चैत्र २३ २०८२

काठमाडौं । मधेस प्रदेशका अधिकांश नागरिकको मुख्य पेसा कृषि हो। यहाँ धानपछिको दोस्रो मुख्य बालीका रूपमा गहुँलाई लिइन्छ। धनुषा जिल्लामा मात्रै ३४ हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिन्छ। तर, गहुँ पसाउने र पाक्ने बेला (चैतको सुरु) मा आएको हावाहुरी र असिनापानीका कारण यसपालि बालीमा राम्रो दाना लागेको छैन। यो पटक कृषकहरु मारमा परेका छन् ।



चर्को मूल्य तिरेर ट्र्याक्टरले जोतेको खेत, बोरिङबाट गरिएको सिँचाइ, मलखाद र कडा परिश्रम गरे पनि लागतसमेत नउठ्ने अवस्था आएपछि कृषकहरू निराश र चिन्तित छन्। जनकपुर उपमहानगरपालिका–२३ का किसान विला शाह भन्छन्, समयमै बोरिङबाट पानी लगाउँदा र मलखाद दिँदा पनि गहुँबाली राम्रो भएन। किराको प्रकोप र मौसम अनुकूल नहुँदा गहुँको दाना पुष्ट भएन। यसपालि लगानी सबै डुब्यो । कृषकको गुुनासो रहेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend