logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

सुलभ अग्रवाललाई ५ दिन हिरासतमा राख्न अनुमति


  • जन आकाश
  • सोमबार, चैत्र २३ २०८२

काठमाडौं । शंकर ग्रुपमा सुलभ अग्रवाललाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।आइतबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनलाई अदालतमा उपस्थित गराएको हो।



अदालतले उनलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए। विभागले उनीमाथि अर्का व्यवसायी दीपक भट्टसँग जोडिएर अनुसन्धान अघि बढाएको थियो।उनका बुबा एवं शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई पनि विभागले पक्राउ गरेको थियो। शंकरलाई विभागले शुक्रबार पक्राउ गरेको थियो। आइतबार उनको बयान सकिएसँगै छाडिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend