logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग


  • जन आकाश
  • मंगलबार, चैत्र २४ २०८२

काठमाडौं । लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेले बलात्कारीलाई मृत्युदण्डको माग गरेकी छन् । उनले बलात्कारीलाई यस्तो दण्डको माग गर्दा अधिकारका कुरा पनि उठ्न सक्ने बताउँदै यो गम्भीर अपराधलाई निरुत्साहित बनाउन पनि यस्तो दण्डको जरुरी रहेको बताएकी हुन् ।



सोमबार प्रदेश सभाको सातौँ अधिवेशनको छैटौँ बैठकमा उनले आफ्नो धारणा राख्दै देशैभरि भएका गम्भीर अपराधलाई कम गर्न र बालिकाहरूलाई सुरक्षित बनाउन यस्तो कानुनको अपरिहार्य भएको बताएकी हुन् ।

उनले सुर्खेत र बाँकेमा भएका पछिल्ला घटनासहित देशका विभिन्न क्षेत्रमा बलात्कारपछि हत्या भएको उदाहरण पेश गर्दै त्यस्ता अपराधीलाई जोगाएर कसैलाई लाभ नहुने बताइन् ।

‘बलात्कारपछि हत्याको विषय विकराल भयो, महिलाहरू कहिलेसम्म असुरक्षित भएर बस्ने, नाबालक भएर महिला भएकै कारण बलात्कृत भएर हत्या भएको विषय सामान्य होइन’ उनले भनिन् ‘कानुन क्रर हुनैपर्छ, जब कानुनले क्रूरता देखाउँछ यस्ता अपराध त्यसै कम हुन्छ ।’

काफ्लेले नाबालक बलात्काकारपछि हत्या गर्ने, मानवीय आस्था नभएकाहरूलाई जोगाउनु कुनै अर्थ नरहेको तर्क गरिन् । ‘कानुन संशोधन गरेर, मलुकी अपराध संहिता संशोधन गरेर यस्ता अपराधीहरूलाई फाँसी दिने कानुन बनाउनुपर्छ, यसमा कुनै अधिकारले अर्थ राख्दैन, कसैले अधिकारका कुरा गरेर हाँसोको पात्र बनाउन सकिएला, तर महिला भएकै कारण बलात्कृत भएर मर्न नपर्ने अवस्था बनाउन पनि फाँसीको कानुन बनाउनुपर्छ’ उनले भनिन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend