logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्त भए पण्डित


  • जन आकाश
  • मंगलबार, चैत्र २४ २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त भएका छन्।केन्द्रीय बैंकमा कार्यकारी निर्देशक रहेका पण्डितलाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डेपुटी गभर्नर नियुक्त गरेको हो।



उनको नाम अर्थ मन्त्रालयले सिफारिस गरेको थियो। उनी विदेशी विनिमय व्यवस्थापन विभागमा कार्यरत छन्। उनीसँग केन्द्रीय बैंकका विभिन्न विभागमा रहेर काम गरेको अनुभव छ।योसँगै रिक्त दुई डेपुटी गभर्नरमध्ये एउटामा पदपूर्ति भएको छ। नीलम ढुंगाना र बम बहादुर मिश्रको अवकाशपछि दुई जना डेपुटी गभर्नरको पद रिक्त थियो।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend