logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

राष्ट्रियसभाका समिति सभापतिहरूले लिए शपथ


  • जन आकाश
  • बुधबार, चैत्र २५ २०८२

काठमाडौं । राष्ट्रियसभाका चार विषयगत समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार सङ्घीय संसद् सचिवालयमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष समितिका सभापतिहरूले शपथ लिएका हुन् ।



सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति पूजा चौधरी, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति जयन्तीदेवी राई, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेल र विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।यसअघि मङ्गलवार बसेको सम्बन्धित समितिको छुट्टाछुट्टै बैठकले सर्वसम्मत रूपमा सभापति चयन गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend