logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

महाकालीमा तुइन विस्थापित गर्न उठाएको पैसाले घट्टेखोलामा झोलुङ्गे पुल बनाउँदै हर्क साम्पाङ


  • जन आकाश
  • बुधबार, चैत्र २५ २०८२

काठमाडौं । तुइन प्रतिस्थापन गर्ने भन्दै दार्चुला पुगेका हर्क साम्पाङले झोलुङ्गे पुलको शिलान्यास गरेका छन् । व्यास गाउँपालिका,२ दुम्लिङमा पुलको शिलान्यास गरेका हुन् हर्कले दुम्लिङको घट्टे खोलाको काठे पुललाई श्रमदान मार्फत् झोलुङ्गे पुल बनाउन औपचारिक रूपमा सुरुवात गरेका छन् । उनलाई स्थानीयबासीले बागागाजासहित स्वागत गरेका थिए ।



पुलको शिलान्यासपछि हर्कले सम्बोधन गर्दै आफूले तुइन विस्थापनको सपना तीन वर्षअघि नै देखेको बताए । तीन वर्षअघि एक नानी तुइन तर्दै गरेको भिडिओ देखेपछि आफूलाई साह्रै नमज्जा लागेको बताए । नानीलाई देखेपछि आफूले दार्चुलामा पुल बनाउने सपना दखेको र त्यो अहिले पूरा भएको बताए ।

‘त्यो तुइन भएको ठाउँ चाहिँ महाकालीमा रहेछ । जसमा भारतको पनि अनुमति लिनुपर्ने कुरा आएको छ । त्यसमा मैले के पहल गर्नुपर्ने, गर्छु । त्यसका लागि म पहल गर्छु,’ हर्कले भने, ‘कोही पनि महाकालीमा झरेर अकालमा मर्नु नपरोस् । हामी यहाँ राजनीति गर्न, पार्टी विस्तार गर्न पनि आएका होइनौं । कोही मान्छे दुःखमा थियो, मैले सहयोग गर्नुपर्छ भनेर पाइला चालेको मात्र हो । श्रमदानमार्फत् गर्न लागिरहेका छौं । यहाँ सरकारको एक पैसा खर्च हुने छैन ।

अब काम सुरू भइसकेकाले सबै स्थानीयलाई सहयोग गर्न समेत हर्कले आह्वान गरे । महाकालीको तुइनलाई पुलमा प्रतिस्थापन गर्ने भनेर चन्दा उठाउन सुरू गरेका हर्कले अब त्यो चन्दा रकम घट्टे खोलाको झोलुङ्गे पुलमा लगाउने भएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend