जन आकाश
काठमाडौं । त्रिभुवन विश्वविद्याल शिक्षण अस्पताल (टिचिङ) अस्पताल०ले पनि शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने भएको छ ।
सरकारलेसाताको दुई दिन बिदा दिर्ने निर्णय गरेसँग शिक्षण अस्पतालले पनि शनिबार आइतबार दुई दिन नै बिदा दिने सूचना प्रकाशित गरेको हो
सरकारको निर्णय अनुसार त्रिवि कार्यकारीपरिषद्ले २३ चैत गते बिदा दिने निर्णय गरेपछि कार्यान्वयन गरिएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
अस्पतालले जारी गरेको सूचनामा शनिबार र आइतबारबाहेकका दिन कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म तोकिएको छ ।
बिरामीको सेवालाई ध्यानमा राखी ओपीडी र शल्यक्रिया सेवा भने शुक्रबार पूरै समय र अन्य दिन पनि सञ्चालन हुने अस्पतालले जानकारी दिएको छ ।

© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend