logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

पोखरामा एकल महिलाको बीभत्स हत्या


  • जन आकाश
  • बिहिबार, चैत्र २६ २०८२

काठमाडौं । पोखरामा बुधबार साँझ एकल महिलाको विभत्स हत्या भएको छ। पोखरा– ५ मालेपाटन बस्दै आएकी ४२ वर्षीया सिर्जना पौडेललाई अज्ञात व्यक्तले धारिलो हतियार प्रयोग गरी हत्या गरेको कास्की प्रहरी सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए।



उनका अनुसार हत्यामा संलग्न व्यक्ति र कारण पत्ता लागेको छैन।पृथ्वीचोकमा पसल सञ्चालन गर्दै आएकी महिला सिर्जनाचोक तर्फ जाँदै गर्दा धारिलो हतियार प्रयोग गरी हत्या भएको पाइएको छ,’ डिएसपी बस्नेतले भने हत्यामा संलग्न व्यक्तिको खोजी तीब्र पारिएको छ।’

प्रहरीका अनुसार पौडेललाई धारिलो हतियार प्रहार भएपछि उपचारका लागि तत्काल गण्डकी मेडिकल कलेज लगिएको थियो।
उनको उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको थियो।मृतक पौडेलकका श्रीमान भने केही समयअघि नै मृत्यु भइसकेको प्रहरीले जनाएको छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend