logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

नागढुंगा सुरुङमार्ग हुँदै आउँदा कारले तिर्नुपर्छ ६५ रुपैयाँ, कुन सवारीको टोल शुल्क कति?


  • जन आकाश
  • शुक्रबार, चैत्र २७ २०८२

काठमाडौं । सरकारले नागढंगा सुरुङमार्ग प्रयोग गर्दा लाग्ने टोल शुल्क तोकेको छ। बिहीबार राजपत्रमा सुरुङमार्ग हुँदै आवतजावत गर्ने सवारी साधनले तिर्नुपर्ने शुल्क तोकिएको हो। गत साउनमा नै सरकारले टोल शुल्क तोकेको थियो। तर, शुल्क राजपत्रमा भने प्रकाशित भएको थिएन। राजपत्रमा प्रकाशित भएसँगै टोल शुल्क उठाउने बाटो खुलेको छ।



सुरुङमार्ग संचालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। ठेक्का लागेर सम्झौता हुने चरणमा भएकाले टोल शुल्क राजपत्रमा प्रकाशित गरिएको हो। सरकारले सवारीसाधनको वर्ग अनुसार टोल शुल्क तोकेको छ। सुरुङमार्ग हुँदै काठमाडौं आउँदाभन्दा काठमाडौंबाट बाहिरिँदा लाग्ने शुल्क कम तोकिएको छ।

नागढुंगा सुरुङमार्ग हुँदै काठमाडौं आउने कार, भ्यान, जीपहरूले ६५ रुपैयाँ तिर्नुपर्ने छ भने बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्छ। यसैगरी, मिनिबस र मिनिट्रकले काठमाडौं आउँदा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ टोल शुल्क तिर्नुपर्छ।

साथै बस तथा ट्रकले काठमाडौं आउँदा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क तिर्नुपर्नेछ।
हेभी सवारी साधनले काठमाडौं आउँदा ६०० र बाहिरिँदा २५० रुपैयाँ टोल शुल्क तिर्नुपर्नेछ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend