logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

यात्रुको बिदाइ र स्वागतमा विमानस्थल आउनेको संख्याले भिड, ३ जना मात्रै आउन अपिल


  • जन आकाश
  • शुक्रबार, चैत्र २७ २०८२

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब एक जना यात्रुको बिदाइ तथा स्वागतका लागि तीन जनामात्रै आउन आग्रह गरिएको छ।आन्तरिक तथा अन्तर्राष्ट्रिय ट्रमिनल भवन बाहिर भीड बढे पछि विमानस्थलले एक जना यात्रुको लागि धेरैमा तीन जना मात्रै जान पाउने निर्णय गरेको हो।



विमानस्थलको अनुसार एक जान यात्रुको स्वागत वा बिदाइका लागि धेरै आफन्त विमानस्थल पुग्ने प्रवृत्तिका कारण विमानस्थल परिसरमा अत्यधिक भीडभाड हुने गरेको छ।

विमानस्थलको निर्देशक टेकनाथ सिटौलाले भिडभाड कम गर्न सूचना जारी गरी आग्रह गरेको बताए। यात्रुहरुलाई सेवा दिन प्रतिकुल असर परेको छ। जसले गर्दा हामीले भिडभाड काम गर्न सेवाग्राहीहरुलाई कम आउन अनुरोध गरेका हौं। अनुरोधमा कम भयो भने थप कार्य गर्न नपर्ला । कम भएन भने थप नयाँ उपायहरु अपनाउनुपर्छ,’ उनले भने।

उनले यात्रुको स्वागत तथा बिदाइका लागि बढीमा ३ जना मात्र आफन्तजन आउने व्यवस्था मिलाई सहयोग गर्न सबै सरोकारवालासँग अपिल गरेको बताए।

यसअघि पनि यस्तै व्यवस्था लागू गरिए पनि पछि हटाइएको थियो। स्वागत र बिदाइमा जानेको लर्कोको भिडियो राखेर विदेशिनेको संख्या भन्दै भिडियो हाल्ने गरिएकोमा पनि त्यसलाई कडाइ गर्नुपर्ने माग उठेको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend