logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

कार्यालय सहयोगीमाथि कुटपिटको आरोपमा सिरहाका मेयरसहित २ जनामाथि मुद्दा दर्ता


  • जन आकाश
  • शुक्रबार, चैत्र २७ २०८२

काठमाडौं । सिरहाको सिरहा नगरपालिकामा कर्मचारी कुटपिट प्रकरणमा नगर प्रमुख नविन यादवमाथि अभद्र व्यवहारको मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार मेयर यादवसहित २ जनामाथि मुद्दा दर्ता भई अनुसन्धान थालिएको हो । ५० वर्षीय कार्यालय सहयोगी रामशरण यादवको जाहेरीका आधारमा मेयर यादव र रोहित मेस्तरविरुद्ध मुद्दा अघि बढाइएको हो । प्रहरीले म्याद थपको अनुमति पनि लिएको छ ।



गत सोमबार बिहान कार्यालय समयमै उपस्थित नभएको विषयलाई लिएर सुरू भएको विवाद चर्किँदै जाँदा कुटाकुटमा परिणत भएको थियो । मेयरमाथि कार्यालय सहयोगीलाई लात्ती र मुक्काले आक्रमण गरेको आरोप छ । त्यसपछि बाहिरी व्यक्तिसमेत प्रयोग गरी पुनः कुटपिट गराएको पीडित पक्षको दाबी छ । घटनापछि आक्रोशित कर्मचारीहरूले मेयरमाथि कारबाहीको मागसहित नगरपालिकामा धर्ना र प्रदर्शन गरिरहेका छन् ।आन्दोलनरत
कर्मचारीहरूले पीडितको निःशुल्क उपचार, उचित क्षतिपूर्ति, दोषीमाथि कडा कानुनी कारबाही तथा सुरक्षित र सम्मानजनक कार्य वातावरणको सुनिश्चितता गर्नुपर्ने माग अघि सार्दै काम ठप्प पारेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend