logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

रामेछापको मन्थली नगरपालिकालाई ‘उत्कृष्ट नगरपालिका’ सम्मान


  • जन आकाश
  • शुक्रबार, चैत्र २७ २०८२

काठमाडौं । रामेछापको मन्थली नगरपालिका देशकै उत्कृष्ट नगरपालिका घोषणा भएको छ । बिहीबार नेपालका नगरपालिकाहरूको प्रतिनिधि संस्था नेपाल नगरपालिका संघ ३३ औँ स्थापना दिवसको अवसरमा मन्थली नगरपालिकालाई उत्कृष्ट नगरपालिका घोषणा गरेको हो ।



आर्थिक वर्ष २०८१र८२ मा स्थानीय आर्थिक विकास क्षेत्रमा उल्लेख्य कार्यसम्पादन गरेको आधारमा मन्थली नगरपालिकालाई ‘उत्कृष्ट नगरपालिका पुरस्कार २०८२’ सम्मान पत्र हस्तान्तरण गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठलाई सम्मान पत्र तथा दोसल्लाले सम्मान गरे। सम्मान–पत्रमा स्थानीय आर्थिक विकास, सुशासन तथा प्रभावकारी सेवा प्रवाहमा मन्थली नगरपालिकाले हासिल गरेको उपलब्धिको उच्च मूल्याङ्कन गरिएको उल्लेख छ । संघले गरेको सम्मानले मन्थली नगरपालिकाको विकास प्रयासलाई राष्ट्रिय स्तरमा स्थापित गर्न थप सहयोग पुगेको नगर प्रमुख श्रेष्ठले बताए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend