logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

वीपी प्रतिष्ठानलाई ४७ लाख ८८ हजार बराबरको सामान


  • जन आकाश
  • शुक्रबार, चैत्र २७ २०८२

काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई पेष्ट प्रो सोलुसन प्रालिले करिब ४८ लाख बराबरको आवश्यक मेडिकल सामग्रीहरु सहयोग गरेको छ ।



आर्थिक संकटबाट गुज्रिरहेको प्रतिष्ठानलाई आर्थिक एवं भौतिक सहयोग गर्न उपकुलपति प्रा.डा.बिक्रमप्रसाद श्रेष्ठले आह्वान गरेपछि प्रालिले सहयोग गरेको हो उपकुलपति श्रेष्ठको आह्वान पछि सहयोग गर्ने दाताहरु मध्ये पेष्ट प्रो सोलुसन सबैभन्दा बढी मुल्यमा सहयोग गर्ने संस्था भएको पनि प्रतिष्ठानले जनाएको छ  सोमबार एक कार्यक्रममार्फत प्रालिकी प्रोपाइटर सुप्रिया माझी वनेपाली र उनका श्रीमान दिपक वनेपालीले उपकुलपति प्रा।डा।श्रेष्ठलाई सामग्रीहरु हस्तान्तरण गरेका थिए ।

प्रालिका अनुसार कुल ४७ लाख लाख ८८ हजार ७ सय मुल्य बराबरको सामग्रीहरु प्रतिष्ठानलाई हस्तान्तरण गरिएको छ । प्रतिष्ठानका उपकुलपति प्रा।डा।श्रेष्ठले दाता दम्पत्तिलाई धन्यवाद दिदै अहिलेसम्मकै ठुलो सहयोग भएको बताए । साथै उनले आफुले प्रतिष्ठानमा जिम्मेवारी लिदा चरम आर्थिक संकटमा रहेको र अझै पनि संकटकै अवस्थामा रहेको बताए ।

‘त्यसैले वीपीलाई बनाउन भित्रको मान्छे मात्र होइन, बाहिरको मान्छेले पनि सहयोग गर्नुपर्छ भनेर सोच राखेर एकपटक नगरबासीहरुसँग आह्वान गरेका छौं,’ उपकुलपति प्रा.डा.श्रेष्ठले भने,‘हामीले धेरै सहयोग पाइरहेका छौं । आज सहयोग भएको यी सबै सामानहरु काम लाग्ने हो । आजसम्मको सबभन्दा ठुलो सहयोग हो यो । धेरै खुशी छौं, आभारी छौं ।’

प्रतिष्ठानका अनुसार विभिन्न शाखाहरुबाट धेरै पटक माग भएपनि बोलपत्र गर्न नसक्दा समस्या भइरहेको थियो । ‘यी सामग्रीहरु धेरै उपयोगी छन् । जति पाएका छौं, ती सबै तुरुन्तै प्रयोग हुनेछ, आगामी दिनमा पनि सहयोगको अपेक्षा गछौं,’ इलेक्ट्रोमेड शाखा प्रमुख राहुल मिश्रले भने ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend